-घनश्याम आचार्य
काठमाडौं । आन्तरिक रोजगारी शून्य प्रायः भएको अवस्थामा बढ्दो वेरोजगारी व्यवस्थापनसँगै विदेशी मुद्रा आर्जन गर्ने वैकल्पिक क्षेत्र बनेको नेपालको वैदेशिक रोजगारीले वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारी प्रदान गरेर विप्रेषण आयमा समेत उल्लेख्य रूपमा योगदान दिएको छ । मुलुकको अर्थतन्त्रमा २९ प्रतिशतको योगदान पुयाईरहेको वैदेशिक रोजगार क्षेत्र कृषि पछिको दोस्रो स्थानमा रहेको छ ।
युवाहरूको ठूलो जमात वैदेशिक रोजगारीका क्रममा मलेसिया, खाडी मुलुकलगायतमा परिश्रम गरी आर्जन गरेको रकम रेट्यिान्सका रूपमा भित्रिरहेको छ । जसले विदेसिने कामदारको पारिवारिक आर्थिक स्तर माथि उठ्नुका साथै उनीहरूका बालबालिकाले गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण बन्दै गएको छ । कत्तिले त विदेशमा सिकेको ज्ञान र सीपलाई उपयोग गरी स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर बन्नुका साथै रोजगारी सिर्जना समेत गर्न थालेका छन् । कसैले गाईपालन, बंगुरपालन, तरकारी खेतीलगायत व्यवसाय गरी आयआर्जन गरिरहेका पाइन्छन् ।
वेरोजगारी व्यवस्थापन भएको र विप्रेषणको गुणगान गाउने सरकार २१औ“ शताब्धीको विज्ञान र प्रविधि तथा यान्त्रीकरणको यो युगमा पनि लेवर क्याटेगोरीमा मात्र कामदार पठाईरहेको छ ।
भारत, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स जस्ता मुलुकले आफ्ना नागरिकलाई सीपयुक्त बनाएर वैदेशिक रोजगारीमा पठाउने गर्छन । ती देशका कामदारले पाउने तलव, सेवा सुविधा र नेपाली कामदारले पाउने सेवा सुविधामा धेरै अन्तर पर्ने गरेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये ७१ प्रतिशत कामदार अदक्ष रहेका छन् भने २६ प्रतिशत अर्धदक्ष र ३ प्रतिशत मात्रै दक्ष रहेको तथ्याङ्कले देखाएको छ । खड्किएको विषय यो छ कि हामी किन रोजगारीको क्षेत्रले करिब दुई दशक पार गरिसक्दा पनि हाम्रो देश अदक्ष कामदार मात्र पठाइरहेको छ, वैदेशिक रोजगारीमा । वेरोजगारी व्यवस्थापन भएको र विप्रेषणको गुणगान गाउने सरकार २१औँ शताब्धीको विज्ञान र प्रविधि तथा यान्त्रीकरणको यो युगमा पनि लेवर क्याटेगोरीमा मात्र कामदार पठाईरहेको छ । वैदेशिक रोजगारीमा सीपयुक्त कामदारको बढ्दो मागलाई पूरा गर्ने हो भने नेपालको वैदेशिक रोजगारी थप गुणात्मक, सुरक्षित र बढी विप्रेष्ण भित्र्याउने क्षेत्र बन्न सक्छ । मुलुकमा प्राविधिक शिक्षालय पर्याप्त रूपमा सञ्चालन गरी बढी भन्दा बढी सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा सरकारको ध्यान त्यसतर्फ गएको छैन । सरकारले देशव्यापी रूपमा प्राविधिक शिक्षालय सञ्चालन गरी आफ्ना नागरिकलाई सीपयुक्त र दक्ष बनाउने भन्ने योजना कागजमै सिमित छ । सिमित रूपमा सञ्चालित सरकारी तालिम केन्द्रहरूले प्रभावकारी ढंगले तालिम सञ्चालन गरेको पाइँदैन ।
आफूले जानेका ज्ञान, काम वा सीप स्वदेशी तथा विदेशी बजारमा सजिलै विक्री गर्न सकिन्छ । ज्ञान सीप भएको व्यक्तिका लागि संसारको कुनै कुना विरानो हुँदैन र उसले आफ्नो सीप बेचेर राम्रो आर्जन पनि गर्न सक्छ । हो, आजको विश्वव्यापी मान्यता पनि यही हो । वैदेशिक रोजगारीमा गएका कामदार मध्ये रोजगारदाताबाट अदक्ष कामदारमाथि नै बढी शोषण भइरहेको छ । ज्ञान सीपको अभावमा निम्नस्तरको काम गर्नुपर्ने र तलव तथा अन्य सेवा सुविधा दक्ष र अर्धदक्ष कामदारको तुलनामा न्यून हुने हुनाले उनीहरूको कमाई पनि राम्रो नहुने तथा थोरै तलवमा कठिन भन्दा कठिन काम गर्नुपर्ने बाध्यताले पनि बढी समस्या उत्पन्न हुने गरेको देखिन्छ ।
भारत, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स जस्ता मुलुकले आफ्ना नागरिकलाई सीपयुक्त बनाएर वैदेशिक रोजगारीमा पठाउने गर्छन । ती देशका कामदारले पाउने तलव, सेवा सुविधा र नेपाली कामदारले पाउने सेवा सुविधामा अन्तर पर्ने गरेको छ । यसतर्फ पनि सरकारको ध्यान जान जरुरी छ । हामी कहिलेसम्म अदक्ष कामदार मात्र पठाईरहने वैदेशिक रोजगारीमा ?