काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख
९ हजार बहत्तर रुपैयाँ बराबरको सहयोग गरेको छ । सामाजिक साझेदारीको
अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी
महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास
आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा
बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु
एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका
उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द«को वीरगन्जस्थित कृषि औजार
कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिनेछ बताईएको छ ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले नेपालका वैज्ञानिक तथा
समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा
वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र
संवद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गर्दै एनआरएनएले प्रदान
गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको
रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको बताईन् ।
संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई
यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै
विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गर्नुभयो । संघले समृद्ध नेपाल
निर्माणका लागि विदेशमा रहेका नेपालीहरु आ–आफ्नो स्थानबाट सहयोग
गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम
विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।
संघका उपाध्यक्ष आर के शर्माले विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकमा प्रयोग
गर्न फर्कने हुटहुटी सधैँ चलिरहने भएपनि विभिन्न कारण फर्कन नसकेको प्रसंग
जोड्दै महावीर पुनले देशमा फर्केर गरिरहेको कामले एनआरएनलाई प्रेरणा प्राप्त
भएको बताए । समृद्ध मुलुक निर्माण र विकासका लागि आविष्कार केन्द्रसँग
एनआरएनएले सदैव सहकार्य गर्ने शर्माको भनाई थियो । संघका प्रवक्ता सोम
सापकोटाले मुलुकमा कृषि सामाग्रीको आयात बढ्दो क्रममा रहेको अवस्थामा विगत
३ दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कार
केन्द्रले लिएको पहलकदमीले नेपालको कृषि क्षेत्रको विकास तथा प्रवर्धनका लागि
थप टेवा पुग्ने विश्वास गरे ।
कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले संघले गरेको सहयोगप्रति
आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउँदै
कृषिप्रधान देश भएपनि कृषि औजार बनाउने कारखाना नै ३ दशकदेखि बन्द रहँदा
आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकोले पनि वीरगञ्जस्थित कृषि औजार
कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाई थियो । उक्त
योजनामा संघले सहयोगको लागि अग्रसरता देखाएकोमा पुनले खुशी व्यक्त
गरे । देशैभरिका किसानहरुले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकोले पनि
कृषि औजार कारखाना पुर्नस्थापनाका लागि आफू अहोरात्र खटिरहेको उहाँको
भनाई थियो । कार्यक्रमको सञ्चालन संघका सचिव गोविन्द प्रसाद गौतमले
गरेका थिए । एनआरएनएले समुदायको हितका लागि खरिद गरिएका सामाग्री
समुदायलाई नै हस्तान्तरण गर्ने असल मनशायसहित आविष्कार केन्द्रलाई सहयोग
गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगको लागि “मेक इन नेपाल” र
“स्थानीय नवप्रवर्तन” को अवधारणा अन्तर्गत संघ तथा संघका अभियन्ताहरुले
व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । उक्त अवधारणाबाट प्रेरित
भई संघले यसअघि पनि आविष्कार केन्द्रलाई रु. १२,८७,५८०।४८ )बाह्र लाख
सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसा) हस्तान्तरण गरिसकेको छ ।
आविष्कार केन्द्रलाई प्रोत्साहन गर्नकै लागि भन्दै संघका पूर्वअध्यक्ष भवन भट्टद्वारा
स्थापित रु। एक करोड राशिको ‘भवन किर्ती रत्न’ पुरस्कार आविष्कार केन्द्र तथा
एनआईसीका संस्थापक पुनलाई प्रदान गरिएको थियो । कार्यक्रममा गैरआवासीय
नेपाली संघका विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदधिकारी तथा प्रतिनिधि,
आविष्कार केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामाग्री हस्तान्तरण
