काठमाडौ । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ । विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल “धधध।गलष्mयलष्।त्रब” मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले क्ष्एज्इल्भ् ज्ञद्ध एच्इ, ५ जना विजेताले क्ब्ःक्ग्ल्न् न्ब्ीब्ह्थ् क्द्दद्द ग्तिचब साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नुहुनेछ । सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ । उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने जानकारी कम्पनीले दिएको छ ।
कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू,सुनको सिक्का जित्ने मौका
