काठमाडौँ, कात्तिक २८ गते । आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ । धैरै गुनासाहरु आउँन थाले पछिे सो निर्णय लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ तथा प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सबै क्षेत्रीय प्रशासन कार्यालयमा यी दुई देशका नागरिकसँगको विवाहवारीमा प्रतिबन्ध लगाउने परिपत्र गरिएको उल्लेख गर्दै भट्टराईले विदेशी–विदेशी नागरिकबीचको विवाहमा पनि प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । चिनियाँ र कोरियानले अरु देशको भन्दा धेरै नेपाली चेली विवाह गरेर लाने गरेको प्रवक्ता भट्टराईले बताउनुभयो । सरकारले विदेशी नागरिकसँगको विवाहमा कडाइ गरेपछि पछिल्लो समयमा विदेशी नागरिकसँगको दर्ता विवाहमा कमी आएको छ तथा जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आव २०७३÷०७४ का पहिला तीन महिनामा ८५ जोडीको मात्र दर्ता विवाह भएको छ ।
चिनियाँ र कोरियालीसँग विवाह गर्न प्रतिबन्ध
