काठमाडौ । सरकारले नागरिकलाई हातहातै सरकारी सेवा उपलब्ध गराउने प्रयास स्वरुप मोबाइल एप (द्यभतब ख्भचकष्यल) सार्वजनिक गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक समारोहकाबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले उक्त एपको सार्वजनिक गर्नुभएको हो । सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने सरकारको लक्ष्य सफल बनाउन भन्दै ‘सञ्चार र सूचना प्रविधिको टेवा,हातहातमै सरकारी सेवा’भन्ने नाराका साथ ल्याइएको मोबाइल एपमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने छ । डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेबमोजिम सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु एकिकृत तथा अन्तरआवद्ध गरी सहज र प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कार्यान्वयन स्वरुप कामकार्वाहीको अनुगमन गुनासो सुनुवाई तथा सम्बोधन हुने व्यवस्था मिलाइने उदेश्य अनुरुप एउटा कार्यका रुपमा नागरिक एप सार्वजनिक गरिएको जानकारी मन्त्रि गुरुङले दिनु भएको छ । एपमा सरकारद्धारा प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकिकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम सरकारी सेवाहरु प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ र नागरिकले उक्त एपमार्फत प्यान कार्ड सम्बन्धी आवेदन गरी प्यान कार्ड नम्बर प्राप्त गर्न सक्ने र सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेट मार्फत जानकारी लिन सकिने छ । उक्त एपमार्फत नागरिकता,राहदानी,शैक्षिक प्रमाणपत्र र मतदाना परिचय पत्रको विवरणहरु प्राप्त गर्नुका साथै नागरिक लगानी कोष,सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकम र ऋण विवरणहरुको समेत जानकारी लिन सकिने छ ।
उक्त एपबाट अब लाईन होइन अनलाइनबाटै २४ सै घन्टा सरल,सहज र प्रभावकारी सरकारी सेवाका लागि एप मार्फत नै हेलो सरकारमा गुनासो गर्न सकिने तथा सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको हेर्न सकिने छ भने यसको प्रयोगबाट फेसलेस,पेपरलेस र समयको बचत हुने तथा सार्वजजिक बिदाको दिन पनि सरकारी सेवा लिन सकिने जानकारी दिदै मन्त्रि गुरुङले उक्त एपको उच्चतम प्रयोग गरी सरकारी सेवा लिन नागरिकहरुलाइ आग्रह गर्नु भएको छ ।
नागरिक एपबाट सरकारी सेवा प्राप्त गर्न लागि ब्लमचयष्म मोबाइल प्रयोगकर्ताले एबिथ क्तयचभ तथा क्ष्उजयलभ प्रयोगकर्ताले ब्उउ क्तयचभ बाट ल्बनबचष्प ब्उउ डाउनलोड गर्नुपर्नेछ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एपको प्रयोग गर्न सकिने छ । सो सेवा प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नागरिक,मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्नेछ ।
उक्त एपमार्फत आगामी दिनमा मालपोत भूमिसुधार,सवारी कर,चालक अनुमतिपत्र लगायतका आम नागरिकसँग सरोकार हुने सेवाहरु थप गर्दै लगिने तथा हाल परीक्षणका लागि अघि बढाइएको नागरिक एपबाट प्रवाह गरिने सरकारी सेवाहरु पारदर्शी,भरपर्दो र सुरक्षित हुने दाबी गरिएको छ ।
सरकारले नागरिक एप प्रयोग गर्ने कार्यविधि पनि छिट्टै सार्वजनिक गरिने पनि बताइएको छ । सूचना प्रविधिको आजको युगमा ढिलै भएपनि सरकारले प्रयोगमा ल्याएको एप सकरात्मक प्रयासका रुपमा लिइएको छ । तर यसको सर्वसुलभ प्रयोग लागि इन्टरनेटको प्रयोग सर्वसुलभ हुन जरुरी छ । मुलुकका अधिकांस नागरिकहरु अझै पनि इन्टरनेटको पहुँचभन्दा बाहिर छन् । सरकारको ध्यान यसतर्फ पनि जान आवश्यक छ ।
अब मोबाइलबाटै सरकारी सेवा
