काठमााडै । कोरोना माहामारीको प्रभाव नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा पर्यो नै । त्यसमा पनि सेवा प्रदान गर्ने सरकारी कर्यालयका कर्मचारीलाई नै कोरोनाले नछोडेपछि त्यहाँबाट प्रवाहित हुने सेवा नै बन्द हुन पुग्यो । कर्मचारीलाई कोरोेना पुष्टी भएपछि गत बुधबारदेखि स्थगित भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय काठमाडौ ताहाचल कार्यालयको सेवा सोमबारदेखि सूचारु भएको छ । भिषा अवधि सकिन लागेका र समयमै गन्तव्यमा पुग्न नसकी रोजगारी गुम्न लागेका सेवाग्राहीहरुको समस्यालाई ध्यानमा राखी केही दिन उच्च सावधानीका साथ सिमित सेवा दिने गरी सेवा सुचारु गरिएकोे जानकारी वैदेशिक रोजगार विभागले दिएको छ । सामाजिक दुरी कायम गर्दै कोरोना मापदण्ड पूर्ण रुपमा पालना हुने गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको पनि विभागले जनाएको छ ।
श्रम स्वीकृतिको सेवा पूनः सुचारु
