काठमाडौ । सरकारले कोरोना माहामारीबाट प्रभावित र अतिप्रभावित क्षेत्रका लागि सरकारले मौद्रिक नीति मार्फत बैंकबाट लिएको ऋणको साँवा व्याज भुक्तानीको अवधि एक वर्ष अर्थात आगामी असार मसान्तसम्म थप गरेपछि कोरोना माहामारीबाट अति प्रभावित म्यानपावर व्यवसायीहरुलाई पनि राहत मिलेको छ । मौद्रिक नीतिपछि राष्ट्र बैंकले क ख र ग वर्गका वित्तीय संस्थाहरुलाई मौद्रिक नीति कार्यान्यवयन गर्न दिइएको निर्देशनमा अतिभप्रभावित क्षेत्रलाई ऋणको साँवाव्याज भुक्तानीको सुविधा ०७८ असार मसान्तसम्म प्रदान गर्न भनेपछि त्यसबाट म्यानपावर कम्पनी पनि लाभान्वित भएका हुन् ।
म्यानपार व्यवसासयलाई पनि होटेल,क्यासिनो,पर्वतारोहण व्यवसाय,हवाइ यातायात,चलचित्र,पार्लर स्पालगायत क्षेत्र सरह अति प्रभावित क्षेत्रमा राखी ऋणको साँवा व्याज भुक्तानीकोसुुविधा एक वर्ष थप गरिदिएको हो । यो व्यवस्था म्यानपावर व्यवसायीका लागि केही राहतको विषय भएपनि व्यवसायीहरुले कोरोना माहामारीले व्यवसाय ध्वस्त पारेको र यसको असर लामो समयसम पर्ने भएकाले राहत प्याकेज माग गर्नुका साथै व्यवसायीले धरौटी वापत राखेको रकमलाई धितो मानेर कोरोना संकट अवधिभर व्यवसाय सञ्चालनार्थ पुनकर्जाका प्रदान गर्न पटक–पटक माग गर्दै आएका छन् । साँवा व्याज भुक्तानीको सुुविधासंगै धरौटी रकमबाट कर्जा उपलब्ध गराउन व्यवसायीको माग नाजायज नभएकोले यसतर्फ पनि सरकारको ध्यान पुग्नुपर्ने देखिन्छ ।
विसं २०६१ सालमा भदौमा इराकमा १२ नेपालीको हत्याले गर्दा नेपालमा म्यानपावर कम्पनीमा भएको तोडफोड र आगजनीले क्षति पुगेपछि व्यवसाय सञ्चालन गर्न अफ्ठेरोमा परेका व्यवसायीहरुलाई सरकारले उनीहरुले राखेका धरौटी रकमबाट रु ५ लाख कर्जा प्रदान गरेको थियो ।
मौद्रिक नीतिले म्यानपावरलाई पनि राहत
