Share
//www.facebook.com/sharer/sharer.php?u=http://www.duniyakokhabar.com/?p=2875'); " href="https://www.facebook.com/sharer/sharer.php?u=http://www.duniyakokhabar.com/?p=2875" >
//twitter.com/intent/tweet?text=खानपानमा%20ध्यान%20नदिए%20नपुंशक&url=http://www.duniyakokhabar.com/?p=2875'); " href="https://twitter.com/intent/tweet?text=खानपानमा%20ध्यान%20नदिए%20नपुंशक&url=http://www.duniyakokhabar.com/?p=2875" >
काठमाडौं । मानिसमा प्रजनन क्षमता गुम्नु वा नपुंशक हुनुका विभिन्न कारण हुनसक्छन् । मानसिक दबाब तथा डिप्रेसन, मदिरा तथा लागु औषधको लत, धुम्रपान, मोटोपन, मधुमेह, हृदयरोग तथा उच्च रक्तचाप जस्ता समस्याहरूले कालान्तरमा मानिसलाई नपुंशक बनाउन सक्ने वैज्ञानिक तथ्य फेला परेको छ ।
पछिल्लो एक अध्ययनले आउँदा वर्षहरूमा विश्वमा प्रजनन क्षमता गुमाउने मानिसहरूको संख्या झनै बढ्ने र सन् २०२५ सम्ममा यस्ता नपुंशक मानिसहरूमध्ये सबैभन्दा धेरै भारतीय हुने ठहर गरेको छ । मानिसलाई नपुशंक बनाउने तत्वमध्ये विश्व उष्णाकरण तथा जलवायु परिवर्तन समेत महत्वपूर्ण कारकतत्व बन्ने विज्ञहरूको भर्ना छ । यसका साथै अनियमित जीवनशैलीले समेत प्रजनन क्षमता नष्ट गर्नमा सहयोग गर्छ । विज्ञहरूका अनुसार विश्वमा नपुंशकताका सिकार भएका मध्ये सबैभन्दा धेरै मानिस एशिया, अफ्रिका र उत्तर अमेरिकामा छन् ।
खानपानमा विशेष ध्यान दिने, स्वस्थ जिवनशैली अपनाउने, व्यायाम गर्ने जस्ता विषयमा ध्यान नपु¥याउनेहो भने नपुंशकताको सिकार बन्ने मानिसहरूको संख्या बढ्ने विज्ञहरूले चेतावनी दिएका छन् । मानिसमा नपुंशकताको खतरा बढाउने आदत यस्ता छन्
१. धेरै कफी तथा चिया पिउने बानीले महिला तथा पुरुषको प्रजनन क्षमतामा असर पु¥याउँछ । नियमित रूपमा अत्यधिक चिया तथा कफी पिउँदा कालान्तरमा मानिस नपुंशक बन्ने खतरा रहेको विज्ञहरूको भनाइ छ
२.बढि पिरो, चिल्लो, अमिलो तथा गर्मी खानेकुराको सेवन पनि प्रजनन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता पदार्थको अत्यधिक सेवनले पुरुषमा विर्यको गुणस्तर तथा शुक्रकिटको संख्यामा कमी ल्याउने बताइन्छ ।
३.सुतेको बेला घुर्ने बानी छ भने पनि सतर्क हुनुहोस् । घुर्ने बानीले समेत तपाइँलाई नपुंशक बनाउन सक्छ । तपाई घुर्नुको अर्थ के हो भने तपाइँले सुतेको बेला राम्रोसँग स्वास लिन पाउनुभएको छैन । राम्रोसँग नसुत्नु तथा राम्रो निद्रा नपर्नु पनि नपुंशकतासँग सम्बन्धित भएको विभिन्न अध्ययनले देखाएका छन् । घुर्ने व्यक्तिको सुतेको समयमा रगतमा राम्रोसँग अक्सिजन प्रवाह नहुने भएकाले त्यसले प्रजनन क्षमतामा समेत नराम्रो असर पु¥याउँछ । त्यसैले आफ्नो घुर्ने बानीलाई कम गरी राम्रोसँग सुत्ने गर्नुहोस् ।
४.धूमपानले पनि मानिसलाई नपुंशक बनाउने खतरा हुन्छ । धूमपानका कारण मानिसको रक्तसंचारमा असर पर्छ । रक्तसंचारमा असर पर्नु भनेको प्रजनन क्षमता कमजोर हुनु हो ।
५. मोटोपन बढ्नु भनेको शारीरिक, मानसिक तथा यौनिक स्वास्थ्यका लागि निकै खराब विषय हो । यसको सिधा असर मानिसको यौन क्षमता तथा प्रजनन स्वास्थ्यमा समेत पर्छ । मोटोपनले विभिन्न खाले रक्त तथा हृदयरोग निम्ताउनुका साथै मानिसको प्रजनन क्षमतामा समेत खलल पु¥याउँछ । त्यसैले सन्तुलित भोजन तथा व्यायाममा ध्यान दिनुपर्छ ।
६. पर्याप्त निद्रा नलिने मानिसमा पनि नपुंशकताको खतरा बढ्छ । दिनको ८ घण्टा नसुत्ने मानिसमा थकान बढ्ने मात्र होइन शरीरको जैविक प्रक्रियामा पनि असर पुग्छ । पर्याप्त समय नसुत्नाले शरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले यौन तथा प्रजनन क्षमतामा ह्रास ल्याउँछ र नपुंशकताको खतरा बढाउँछ ।
६. जाँड रक्सीको सेवन प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले रक्तविकार बढाउने तथा यौन क्षमतामा ह्रास ल्याउने विज्ञहरू बताउँछन् । मध्यपानले शरीरमा रक्तप्रवाह सुस्त बनाउनुका साथै प्रजनन अंगहरूमा हुने रक्तप्रवाहलाई समेत असर पु¥याउने विज्ञहरूको भनाइ छ ।
७. जंक फुडको सेवन बढि गर्ने मानिसको शरीरमा आवश्यक पोषणको कमी हुन्छ । यस्तो कमी पूर्ति गर्नका लागि भन्दै विभिन्न खाले औषधी तथा चक्की खाने बानीले समेत अन्ततः मानिसको प्रजनन क्षमतामा असर पु¥याउँछ । यस्ता सप्लिमेन्टले शरीरमा आवश्यक भिटामिन तथा मिनिरल्सको आपूर्तिमा सहयोग पु¥याउने भएपनि सप्लिमेन्टस्ले विभिन्न साइड इफेक्ट पु¥याउँछन् ।
८.तनाव पनि नपुंशकताको कारक बन्न सक्छ । यदि मानिसको जीवनशैली निकै तनावपूर्ण छ भने उसको यौन क्षमतामा कमी आउँछ । दैनिक रूपमा कामकाजमा तनाव लिइरहने मानिसमा नपुंशकताको समस्या आउने खतरा बढी हुने विज्ञहरू बताउँछन् ।
void(0)">
//www.duniyakokhabar.com/wp-content/plugins/booster-extension//assets/icon/happy.svg" alt="Happy">
Happy
none;" class="twp-react-count">0
0 %
void(0)">
//www.duniyakokhabar.com/wp-content/plugins/booster-extension//assets/icon/sad.svg" alt="Sad">
Sad
none;" class="twp-react-count">0
0 %
void(0)">
//www.duniyakokhabar.com/wp-content/plugins/booster-extension//assets/icon/excited.svg" alt="Excited">
Excited
none;" class="twp-react-count">0
0 %
void(0)">
//www.duniyakokhabar.com/wp-content/plugins/booster-extension//assets/icon/sleepy.svg" alt="Sleppy">
Sleppy
none;" class="twp-react-count">0
0 %
void(0)">
//www.duniyakokhabar.com/wp-content/plugins/booster-extension//assets/icon/angry.svg" alt="Angry">
none;" class="twp-react-count">0
0 %
void(0)">
//www.duniyakokhabar.com/wp-content/plugins/booster-extension//assets/icon/surprise.svg" alt="Surprise">
none;" class="twp-react-count">0
0 %