सर्वोच्च शिखर सगरमाथा आरोही प्र्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्म विसं २०१७ साल मंसीरमा सोलुखुम्बुको चौरीखर्क लुक्ला सुर्के ४ मा पिता फुर्वा कितार शेर्पा र आमा वा पासाङको गर्भबाट भयो । सानैदेखि साहशी स्वभाव र बुबा फुर्वासँग १४ वर्षकै उमेरदेखि कुम्लो बोकेर हिड्न थालेकी पासाङले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरिन । त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्म असफल भएको थियो । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन् र सगरमाथाको शिखरबाट नयाँ इतिहास रचेर आफ्ना श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा आधार शिविर नआईपुग्दै उनको हिउँमा पुरिएर देहवसान भयो । सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन् । दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकी हुन् । सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने उनको योजना भने अधुरो रह्यो ।
नेपाली महिला पासाङ ल्हामुको सहाशको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ । सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत पनि ग–यो । यसका साथै काठमाडौको चुच्चेपाटीमा उनको पूर्ण कदको शालिक स्थापना ग–यो र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ । उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ । २०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन । आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो । मृत्यु पश्चात् पासाङलाई ’सुप्रदिप्त मान्यवर नेपाल तारा’को विभूषण मिल्यो । उनको तस्वीर अङ्कित हुलाकटिकट प्रचलनमा ल्याइयो । पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई ’पासाङ ल्हामु चुली’ नामकरण पनि गरियो । साहशी महिला पासाङ र उनका साहशी जीवनका वारेमा अध्ययन अनुसन्धान पनि भईरहेका छन । उनको नामबाट विद्यालय र कलेज तथा विभिन्न अध्ययन केन्द्र समेत सञ्चालित छन् ।
सगरमाथा शिखर चुमेर कृतिमान खडा गरेपछि सगरमाथा चढ्ने नेपाली महिलाहरूको संख्या क्रमश बढ्दै गयो । पासाङको साहशपूर्ण जीवनीबाट प्रेरणा पाएर पुनम आचार्य लगायत अन्य समूदायका महिलाहरूले पनि सगरमाथाको सफल आरोहण गर्न सफल भए र महिला पर्वतारोहीको एक समूहले नेपालका शिखर मात्र होइन अन्य देशका शिखरहरूको पनि सफल आरोहण गरिरहेका छन ।
पासाङ ल्हामु शेर्पा
