विकलाङ्ग भएर पनि नेपाली साहित्याकासमा चम्किरहेकी साहित्यकार हुन झमक कुमारी घिमिरे । समाजका हरेक मानिसका आर्दशका रूपमा रहेकी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन । वि.सं २०३७ असार २१ गता बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको कोखबाट धनकुटाको कचिडेमा जन्मिएकी झमक कुमारी घिमिरे जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने थिईन । विकलांग शरिर लिएर जन्मेकि झमक उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन् तर खाने मुखलाई जुँगाले छेक्दैनन् भने झंै घरमा भाइ र बहिनीले पढेको लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन् । गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली खानुपर्ने । मष्तिस्क रोग(ऋभचभदचब िउबकिथ) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन । २े खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन । औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको लेखेको, देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन् । उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो । कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन । झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन । सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने ।
झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो । लुला हात गोडा र विकलांग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’मा जन्मेकी झमकलाई जन्मने वित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने । दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस भनरे आसिक दिन्थे । गोलले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन्। अरू बालकहरू पढेनन् भने कुटाई खान्छन् । उनी पढी भनेर कुटाई खान्थिन । कापीकलम माग्दा कुटाई खाइन् । उनको ‘कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस भन्ने आदेशमा विलाउँथ्यो । जोखाना हेर्नेले सन्तान पिर्छे भने । मान्छेले उनलाई अलच्छिनि भनेर बाटो छले । पाँच वर्षको हुँदा भात खुवाइ दिने बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन् । आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन् । भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हानि मागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन् । कष्टपूर्ण जीवन बिताउँदै साहित्य सिर्जनामा लागेकी झमकले जीवनको छोटो अवधिमै आफ्नै चिता अग्नि शिखातिर, मान्छे भित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू, क्वटी सँग्रहका साथै जीवन काँडा कि फूल लगायत थुप्रै कृतिहरू प्रकाशित भएका छन् ।
कविता राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५ ,अस्विकृत बिचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ बाट पुरस्कृत झमक यो वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा नियुक्त भएकी छन् । विकलाङ्गले पनि समाजमा केही गर्न सक्छन भन्ने प्रेरणा र सन्देश दिएकी झमकको संघर्षपूर्ण जीवनी र त्यसबाट प्राप्त भएको सफलताबाट समाजका सवलाङ्ग महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने देखिन्छ ।
झमक कुमारी घिमिरे
