काठमाडौं । लामो समय पश्चात् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले जारी गरेको विज्ञप्ती अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १.५० घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य १०१ रूपैयाँ ५० पैसा रहेको थियो ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १.५० पैसाले घटेर रु ७६ रूपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७७ रूपैयाँ ५० पैसा रहेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसंगै निगमले पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

comments