लण्डनकी एक महिलाले ३७ वर्षअघि एउटा औँठी झण्डै ३ सय २० रूपैयाँ बराबरको मूल्यमा खरीद गरेकी थिइन् । सेल लागेको बेला उनले निकै सस्तो मूल्यको उक्त औँठी किनिन् र पछिल्लो ३७ वर्षदेखि उनले लगभग हरेक दिनजसो नै सो औँठी लगाइरहिन् । उनलाई औँठी निकै मन परेको थियो तर त्यो औँठी असली हिराको हो भन्ने कुरा चाहीँ थाहा थिएन । उसो त त्यति सस्तोमा त्यो औँठी बेच्नेलाई पनि त्यसको पत्तो थिएन होला । एकदिन ती महिलाले आफुले ३७ वर्षदेखि लगाउँदै आएको औँठी आखिर के को रहेछ भन्ने जान्न मन लागेछ र स्थानीय गहना पसलमा गएर जाँच गराइछन् । जब गहना पसलेले उनको औँठी असली हिराको भएको कुरा बतायो तब उनको खुसीको ठेगाना रहने कुरै भएन । गहना पसलेले उक्त औँठी २६.२७ क्यारेट हिराको भएको पुष्टि गरिदियो । जस अनुसार त्यसको परल मूल्य नै अढाइ देखि साढे ३ लाख पाउण्ड सम्म पर्दथ्यो ।
निकै पूरानो त्यो औँठीको बारेमा थाहा पाएपछि गहनाको लिलामी गर्ने एक संस्थाले ती महिलासँग सम्पर्क ग¥यो अनि उनीसँगबाट लिएर त्यो औँठी लिलामी ग¥यो । अन्त्यमा त्यो औँठी झण्डै पौने ९ करोड रूपैयाँ बराबरको मूल्यमा बिक्यो । वास्तवमा उक्त औँठीमा प्रयोग गरिएको हिराको टुक्रा निकै पूरानो ढंगले काटिएको र सोही अनुसार औँठीमा जोडिएको हुँदा त्यसको माथिल्लो भागबाट प्रकाश परावर्तन हुन पाउँदैनथ्यो र हिरा चम्किँदैनथ्यो । त्यसैले त्यो औँठी असली हिराको हो भन्ने कुराको भेउ सुरुमा कसैले पाउन सकेन ।
अमेरिकी जोडीले नेपालसहित
सात देश सातपटक बिहे गर्दै
यतिबेला अन्तर्राष्ट्रिय रूपमासमेत चर्चा जो छ, अमेरिकी नागरिक ग्याब्रियला र टिमोथीको । किनकी उनीहरूले अरुलेजस्तै बिबाह गरे तर फरक ढङ्गबाट । त्यसैले उनीहरूको चर्चा यतिबेला भइरहेको हो । समाचारअनुसार सो जोडीले ४० दिनमा विभिन्न ७ वटा देशमा पुगी ७ पटक नै बिहे गर्ने योजना बनायो । त्यो पनि सम्बन्धित देशको रितिरिवाज अनुसार । योजना मुताविक उनीहरूले अहिलेसम्म आफ्नो पाँचौ बिहे सम्पन्न गरिसकेका छन् र अब थप दुईपटक बिहे गर्ने योजनामा छन् ।
अमेरिकी उत्तः जोडीले आफ्नो बिहेयात्राको सुरुवात जापानबाट गरेका हुन् । भेटेनरी डाक्टरसमेत रहेकी ग्याब्रियला र मनोविज्ञान विषयका विद्यार्थी रहेका उनका पति टिमोथीको अध्ययनका क्रममा जापानमै भेट भएको थियो । जहाँ उनीहरूबीच सम्बन्ध आत्मीय बन्यो । बिहेको योजना बुनियो । यस दम्पतिले पहिलो बिहे गत मे १८ मा शिन्टो परम्परा अनुसार जापानमा सम्पन्न गरेका हुन् । त्यसक्रममा बिहेका लागि ३० मिनेट लागेको थियो । जापानपछि यो जोडी इन्डोनेसिया पुग्यो । मे ३० मा उनीहरूले इण्डोनेसियाको बालीमा दोश्रो बिहे गरे स्थानीय परम्परा र भेषभुषामा सजिएर । यिनीहरूको तेस्रो बिहे चाहीँ हाम्रै देश नेपालमा भएको हो । गत जुन २ तारेखमा उनीहरूबीच ललितपुरको पाटनमा बिहे भएको हो । उनीहरूले गोल्डेन टेम्पल नजिकै जुन २ तारेखमा बिहे र आशिर्वाद ग्रहण गरेको समाचारहरूमा जनाइएको छ ।
नेपालपछि चौथो बिहेका लागि उनीहरू भारतको चेन्नइ हानिए । जहाँ बेहुलीका प्राध्यापक मोहन कुमारको निवासमा हिन्दू परम्परा अनुसार उनीहरूबीच बिहे सम्पन्न भयो । भारतपछि उनीहरू केन्यातर्फ लागे । केन्याको मासाइ मारामा ग्याब्रियला र टिमोथीबीच यो हप्ताको सुरुमा पाँचौ बिहे भएको छ । उनीहरूबीचको छैटौँ बिहे अलिक फरक हुनेछ । किनकी उनीहरूले आफ्नो छैटौँ बिहे धर्तीमा होइन की आकाशमा गर्ने योजना बनाएका छन् । उनीहरूले आफ्नो छैटौँ बिहे चेक गणतन्त्रको राजधानी प्रागको आकाशमा एयर बेलुनमा उडेर गर्नेछन् । अनि उनीहरूको सात बिहेको यात्रा नेदरल्याण्डको एम्सटर्डममा गएर टुंगिनेछ । त्यहाँ क्याथोलिक समारोह हुनेछ र उनीहरूको बिहेले आधिकारिकता पाउनेछ ।
साउनको व्रतअगाडि मासु खान छुट्टी !
साउनमा धेरै हिन्दूहरू शिवजीको व्रत बस्दछन् र माछा मासुबाट टाढै रहन्छन् । साउनभर मासु खान नपाउने भएपछि अहिले नै पेटभरी खानुपर्यो नि त होइन ? सायद यहीँ सोँचेर होला छिमेकी देश भारतका एक व्यक्तिले असार महिनामै कुखुराको मासु खाने एक हप्ते विदा माग गरेका छन् । सुन्दैमा अनौठो तथा रोचक लाग्ने यो घटना भारतको छत्तिसगढमा भएको छ । त्यहाँ एक रेलवे स्टेशनका म्यानेजरले आफ्नो एकजना कर्मचारीको अनौठो व्यहोराको विदा निवेदन प्राप्त गरेका छन् ।
हाकिमसँग विदा माग गरिएको निवेदनमा निवेदकले कुखुराको मासु खानका लागि एक हप्ताको विदा दिन अनुरोध गरेका छन् । छत्तिसगढको दिपिका रेलवे साइडिङमा भरिया तहको काम गर्ने पंकज नामका कर्मचारीले विदा माग गर्दै लेखेको निवेदनमा भनेका छन्स् म पंकज राज महोदयसँग हात जोडेर निवेदन गर्दछु की आउँदो महिनादेखि साउन सुरु हुन्छ र साउनका कारण मेरो घरमा कुखुराको मासु पाक्नेछैन । त्यसैले मैले त्यस अवधिमा कुखुराको मासु खान पाउनेछैन । जसका कारण मेरो जिउ कमजोर हुनेछ र मैले रेलवे स्टेशनमा २४ घण्टा काम गर्न सक्नेछैन । अतः महोदयसँग निवेदन छ की मलाई चिकेन खानका लागि २० देखि २७ जुनसम्म विदा दिनुहोला । त्यस सात दिनमा कुखुराको मासु खाएर मैल साउनको एक महिनाको लागि भरण गर्न सकूँ र रेलवे स्टेशनमा २४ सै घण्टा काम गर्न सकूँ ।’
यस्तो अनौठो निवेदन प्राप्त भएपछि स्टेशन म्यानेजरले पंकजलाई बोलाएर विदाको बारेमा सोधे । तर जब पंकज हाकिमको अगाडि पुगे उनको कुरा फेरियो । आफूले केवल हँसिमजाकको लागि मात्र त्यस्तो निवेदन दिएको उनले बताए । साथै उनले आफ्नो त्यस्तो कार्यका लागि माफी समेत मागे । जब उनको त्यो अनौठो विदा आवेदन सोसल मिडियामा पोष्ट भयो तब त्यो एकाएक भाइरल बन्यो । उक्त विदा निवेदनप्रति सोसल मिडिया प्रयोगकर्ताहरूले अनेकथरी प्रतिक्रिया जनाएका छन् ।

comments