काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले डोटीको दिपायल र अछामको मंगलसेनमा दुईवटा शाखा र दैलेखको डाबमा एक्स्टेन्सन काउन्टर थपेको छ । यूके एडद्वारा सञ्चालित सक्षम–एक्सेस टु फाइनान्सको सहयोगमा बैंकले असार १ गतेदेखि दिपायलको पिपप्लाबजार र मंगलसेनको क्याम्पसचौरमा ४८औं र ४९औं शाखाको विस्तार गरेको हो भने डाबस्थित माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यालय रहेको स्थानमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
स्थानीय जनतामा वित्तीय पहुँच पु¥याई आर्थिक कारोबार गर्न सहजता प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले जनाएको छ । शाखा विस्तारपछि साना उद्योग तथा कृषि व्यवसाय सञ्चालन लगायतमा आर्थिक कारोबार गर्न स्थानीयबासीलाई सहजता हुने विश्वास बैंले लिएको छ । दिपायल शाखाको उद्घाटन गर्दै सुदूर पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शिशिर ढुंगानाले स्थानीय जनतालाई वित्तीय पहुँचका लागि नेपाल इन्भेष्टमेन्ट बैंक र सक्षम–एक्सेस टु फाइनान्सले गरेको सहकार्यको प्रशंसा गर्दै शाखा विस्तारपछि स्थानीय जनताले साना उद्योग, कृषि व्यवसाय संचालन तथा साना–साना आर्थिक कारोबारका लागि लामो समय खर्चिनुपर्ने अवस्था नरहने बताए ।
‘अछाम, दिपायल तथा दैलेख जस्ता सुदूर क्षेत्रमा शाखा विस्तार गर्ने थोरै बैंकमध्ये एनआईबिएल पनि रहेकोमा, उहाँहरूसँंग सहकार्य गर्दा गर्व लागेको छ,’ सक्षमका टिम लिडर बलजित बोहोराले भने– ‘हाम्रो बैंकसँगको सहकार्यको उद्देश्य पनि विकट क्षेत्रका जनतालाई आर्थिक कारोबारमा वित्तीय पहुँच पु¥याई उनीहरूको जीवनस्तर अभिवृद्धिमा सहयोग पु¥याउनु हो ।’
आठ अर्ब ७४ करोड रूपैयाँ चुक्ता पूँजी रहेको बैंकको कूल निक्षेप रु.१ सय १९ अर्ब पुगेको छ भने कूल कर्जा रु.१ सय ०२ अर्ब छ । बैंकले २०७३ चैत मसान्तसम्ममा २ अर्ब ३७ करोड रूपैयाँ मुनाफा गर्न सफल भएको छ । आफ्ना ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई ४९ वटा शाखा, दुई वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटिएम तथा ५७ वटा शाखारहित बैंकिङ कारोबारबाट सेवा पु¥याउँदै आएको बैंकको हाल ५ लाख ५० हजारभन्दा बढि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू रहेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ । इन्भेष्टमेण्ट बैंकले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) बाट ‘क’ वर्गको मान्यता प्राप्त गर्दै आइरहेको छ ।
यूके एडको आर्थिक सहयोगमा लुइस बर्जरलेले डिएफआईडी नेपालको लागि सक्षम–एक्सेस टु फाइनान्स कार्यक्रम कार्यान्वयन गरेको हो । सार्वजनिक र निजी संघ संस्थासंगकोे सहयाकार्यमा सुदूर पश्चिम तथा मध्यपश्चिमका विकट क्षेत्रहरूमा सक्षमले आफ्नो पाँच वर्षे योजनाअन्तर्गत स्थानीयको आर्थिक स्तर वृद्धिमा सहयोग पु¥याउँदै आएको छ । विकट क्षेत्रमा आर्थिक पहुँच पु¥याउने योजनाअन्तर्गत नै सक्षमले एनआईबिएलसँग शाखा विस्तारमा सहकार्य गरेको हो ।

comments