काठमाडौ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा
स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु संघको लागि ठूलो
उपलब्धी भएको बताएका छन् । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको एक समारोहमा अध्यक्ष थापाले यस योजनामा सहभागी हुन चाहने महिला श्रमिकलाई विशेष ग्राहयता दिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष थापाले भने, “महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्थालाई स्मरण गराउछु र यस योजनामा समावेश गर्दा उक्त अवस्थालाई ध्यानमा राख्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण
गराउँदछु ।” पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा
समावेश गराउन सुरु गरेपछि बहुसंख्यक श्रमिकलाई कोषमा आबद्धताको बाटो खुलेको उनको भनाई छ ।
यस्तै संघका अध्यक्ष कुल आचार्यले संघको लामो समयदेखिको पहल सफल भएको भन्दै सरकार र
सरोकारवालालाई आभार व्यक्त गर्दै अध्यक्ष थापाले संघको निरन्तर प्रयास तथा
नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा
रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु
गर्न सफल भएको उल्लेख गरेकी छन् । वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनीहरु तथा
परिवार यो योजनाबाट लाभान्वित हुने हामीले अपेक्षा गरेको बताउने उनले संघले लामो समयदेखि उठाउँदै आएको मुद्दामध्येको महत्वपूर्ण मुद्दा सम्बोधन भएको बताएकी छन् ।
सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन संघले पनि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्ने र
सरकारसँगै हातेमालो गर्ने प्रतिबद्धता जनाउँदै ैदेशिक रोजगारीमा जाने
श्रमिकको मुद्दा सम्बोधन भयो, अब प्रभावकारी कार्यान्वयनमा सरकारसँग सहकार्य गछौँ ।
संघले हजारे अभियानको नामबाट वकालत गर्न थालेको सामाजिक सुरक्षा कोषको अवधारणा सफल
बनाउन विभिन्न चरणमा धेरै प्रयासहरु भएको र सामाजिक सुरक्षा कोषको गहिरो अभिरुची सहितको
लगाव र सरकारको सकारात्मक पहलले सफलता हासिल भएको अध्यक्ष आचार्यले बताउनुभयो । योजनाको
सफल कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य जारी राख्ने बताईन ।
यसैबीच, अध्यक्ष आचार्यले नेपाल सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप
क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली
दूतावासबाटै पुनःश्रम स्वीकृति लिन पाउने व्यवस्था गरेकोप्रति आभार व्यक्त गरे ।
उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा कोषको योजना सफल बनाउन
गैरआवासीय नेपाली संघले गरेको लामो समयदेखिको पहलको प्रशंसा गर्दै उक्त योजनालाई प्रभावकारी
बनाउन सहकार्य गर्न आह्वान गर्नुभयो । उक्त समारोहमा मुख्य सचिव शंकरदास वैरागीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका श्रमिकको आबद्धतालाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघको
साथ महत्वपूर्ण हुने बताउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले गैरआवासीय नेपाली संघसँग सहकार्य गरेरै विदेशमा रहेका सबै श्रमिकलाई कोषमा आबद्ध गर्ने योजना रहेकोले सहकार्यका लागि आग्रह
गरे ।
गैरआवासीय नेपाली संघले आफ्नो सुरुको अभियान देखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित,
मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग वकालत, पैरवीदेखि
समन्वय र सहकार्यसम्म गर्दै आएको थियो । यसै शिलशिलामा संघले सरकारसँग सहकार्य गर्दै आगामी
अप्रिल ७ देखि ९ सम्म कतार र मलेसियामा विशेक्ष् प्रतिनिधिमण्डलसहित सामाजिक सुरक्षा कोषमा
आबद्धताबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै छ । सरकारले यसअघि गत मंसिरमै ‘वैदेशिक रोजगारमा
रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा
योजना सञ्चालन कार्यविधि–२०७९’ जारी गरिसकेको थियो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भएको एनआरएनएको दाबी
