काठमाडौ । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौमा सुरु भएको छ । ‘निफ’मा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने छन् । ५० भन्दा बढी विदेशी फिल्मकर्मीले महोत्सवको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । महोत्सव ६ गतेसम्म चल्ने छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालकालागि चाइनाका राजदुत छन् सोङ, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले मन्तब्य राखेका थिए । फेष्टिभल उद्घाटन समारोहमा भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिकारुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिएपनि अन्तिम समयमा उनले असमर्थता जनाएका थिए ।
चलचित्रको प्रदर्शनसञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् । महोत्सवका प्रतियोगी चलचित्र माथि उल्लेखित हलमा चलचित्र प्रदर्शन हुनेछन् भने सम्पूर्ण सेसनहरु भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित हुनेछन् ।
छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको छ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जानकारी आयोजकले दिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौमा सुरु
