काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि दुई वर्षे करार पत्रको श्रम स्वीकृति दिने व्यवस्था हटाएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी ,मलेसिया र युरोप देशका लागि तोकिएको दुईवर्षे करारको व्यवस्था हटाएको हो । ती मुलुकमा जाने नेपाली श्रकिमले अब रोजगारदाताले तोकेको करार अवधि अनुसार श्रम विकृति प्राप्त गर्नेछन् । यो व्यवस्थाले सम्बन्धीत देशका कार्य रोजगारदाता र श्रमिकबीच भएको कार्य अनुमति सम्झौताका आधारमा श्रम स्वीकृत दिईन भएको छ । यसअघि सरकारले जिटुजी प्रक्रियाबाहेका श्रमिकलाई दुई वर्षको मात्रै श्रम स्वीकृति दिदै आएको थियो । यसले गर्दा करार अवधि सकिएपछि स्वदेश नफर्कने र गैरकानूनी रुमपा काम गर्ने घटना बढेको र ती कामदारलाई सरकारले अवैध मान्दै आएको र उनीहरुलाई समस्या पर्दा सरकारले केही नगर्ने समस्या थियो । अवधि सकिएका कामदार अवैधानिक रुपमा काम गर्ने गरेपछि रोजगारदाताबाट प्राप्त गर्ने विभिन्न सेवासुविधाबाट समेत नेपाली कामदार बञ्चित हुदै आएका थिए । प्रधानमन्त्री स्तरबाट भएको यो निर्णयले नेपाली कामदार लाभान्वित हुने विश्वास गरिएको छ ।
वैदेशिक रोजगारीमा दुई वर्षे करार अवधि हटाईयो
