आज नेप्से परिसूचकमा २४ दशमलव ४४ अङ्कले घटेको छ । दोहोरो अङ्कको गिरावट सँगै दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको नेप्से एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम भएको हो ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ५६ दशमलव ८१ र उत्पादन समूहको उपसूचक एक सय ११ दशमलव २० अङ्कले घटेको छ । बैंङ्किङ समूह सात दशमलव ६३, विकास बैंक ५१ दशमलव ४५, वित्त समूह १० दशमलव ५७, होटल तथा पर्यटन समूह ४७ दशमलव ०७ र जलविद्युत् समूह ३४ दशमलव ९५ अंकले घटेको नेप्सेले जनाएको छ ।