काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या सन्तोषजनक रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार सोमबार थप ३७४ जना उपचारपछि निको भएर घर फर्किएसँगै नेपालमा कूल निको हुनेको संख्या दुईलाख ६१ हजार ८१८ जना पुगेका छन् । नेपालमा कोरोना संक्रमणबाट सोमबार थप ६ जनाको ज्यान गएसँगै कूल एक हजार ९६५ जनाले ज्यान गुमाएका छन् । नेपालमा विसं ०७६ साल माघ ९ गतेयता हालसम्म कूल १९ लाख ८२ हजार २४६ जनाको पिसिआर परीक्षण गरिएकोमा कूल संक्रमित दुईलाख ६७ हजार ६४४ पुगेको छ । सोमबार मात्रै थप ३४४ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितमध्य विभिन्न आइसोलेसनमा तीन हजार ८६१ जना र २२१ जना क्वारिन्टाइनमा रहेको जानकारी पनि मन्त्रालयले दिएको छ ।
विश्व स्वास्थ्य संघठनको पछिल्लो विवरण अनुसार विश्वमा हालसम्म नौ करोड १७ लाख तीनहजार ३०३ संक्रमित भएका छन् । उक्त ंसख्याामध्य १९ लाख ३६ हजार ५२४ जनाको कोरोनाबाट ज्यान गएको छ भने ६ करोड ५७ लाख दुई हजार ६२४ जनाको निको भएर घर पर्किएका छन् ।
नेपालमा कोरोना निको हुनेको संख्या दुईलाख साठी हजार बढी
