काठमाडौ । नेपालमा हाल सक्रिय संक्रमित ५ हजार २१ रहेको छ । शुक्रबारसम्म नेपालमा १९ लाख ७४ हजार ५६१ को पिसिआर परीक्षण गरिएकोमा पछिल्लो २४ घन्टामा ५५४ जनासहित हालसम्म २ लाख ६४ हजार १५९ जना संक्रमित भएका तथा पछिल्लो २४ घन्टामा ५८५ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म २ लाख ५७ हजामर २२९ जना कोरोना मुक्त भएका छन भने शुक्रबार थप ६ जनाको मृत्युभएसँगै कूल एक हजार ९०९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ५ हजार २१ जना विभिन्न आइसोलेसन ३३८ जना क्वारिन्टाइनमा रहेका पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमित पाँच हजार एक्काइस
