काठमाडौ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ९०३ पुगेको छ । बिहीबार थप ४ जनाको निधन भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या उन्नाइस सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको कोरोना अपडेट विवरण् नअुसार गअनुसार गत २४ घन्टामा थप ४१२ जनामा कोरोना पुष्टी भएसँगै हालसम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ भने हिजो ४ को मृत्यु भएसँगै हालसम्म एक हजार ९०३ पुगेको हो । त्यसैगरी गत २४ घन्टामा ४८३ कोरोना मुक्त भएसँगै हालसम्म २ लाख ५६ हजार ६४४ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ५ हजार ५८ जना विभिन्न आइसोलेशनमा र ३४२ जना क्वारिन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण विश्व तथ्याङ्क अनुसार हालसम्म ८ करोड ८४ लाख ४९ हजार ५९६ जनामा कोरोना संक्रमण भएकोमा १९ लाख ६ हजार ६३० जनाको मृत्युु तथा ६३ लाख ६० हजार ६२५ जना उपचारपछि निको भएर घर फकिएको विश्व स्वास्थ्य संघठनको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या उन्नाइस सय नाघ्यो

नेपालमा कोरोना संक्रमित