डा.केसीका माग पूरा गर्न चेतावनी
काठमाडौ । मुलुकमा विद्यमान कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जनउत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रह मार्फत् सरकारलाई दबावदिँदै आउनुभएका आदर्श व्यक्तित्व डा.गोविन्द केसीले आमरण अनशन बस्दै आएको स्मरण गराउँदै राष्ट्रिय विद्यार्थी संघघले सरकारले डा. केसीका जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गरेको छ । विगतदेखी प्रतिवद्धता सहित सहमति गर्ने तर कार्यान्वयनमा भने चरम उदासिनता देखाउँदै आएको स्मरण गराउँदै डा. गोविन्द केसीले उठाउनु भएको दुर्गम भेगकाजनतालाई शिक्षा र स्वास्थ्यमा सहजपहुँच हुनुपर्छ भन्ने उहाँको माग सही र जनहितमा छ । त्यसैले राष्ट्रिय विद्यार्थी संघले उहाँको मागप्रति पूर्ण एक्यबद्धता समेत व्यक्त गर्दछ । संघद्धारा मंगलबार जारी विज्ञेप्तिमा भनिएको छ ।
डा.गोविन्द केसी चिकित्सा शिक्षा क्षेत्रको एक असल, सादगी जीवनशैली सहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हो । उहाँले हरेक दलको सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहनु भएको छ । उहाँमा दलगत स्वार्थ कहिँकतै देखिँदैन । हाल डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताउनुभएको छ । उहाँको मागहरु तत्काल सम्बोधन गर्दै जीवनरक्षा गर्न राष्ट्रिय विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दछ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डा.गोविन्द केसीको जीवनमा लाखौं जनसमुदायको आशा र भरोसा अडिएको छ । सरकारले डा.गोविन्द केसीको जीवनमाथि राजनीतिक अभिष्ट राख्दै खेलवाड नगरोस् । समय धेरै छैन । यदिएक सत्याग्रहीले सरकारको बेइमानीका कारण अनसनकै क्रममा जीवन गुमाउनु प¥यो भने त्यस पछिको परिस्थिति भयानक हुनेछ । उक्त परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने चेतावनी दिन चाहन्छौं ।