काठमाडौे । सविधान दिवस भव्य रुपमा मनाइने भएको छ । मुलुकमा लोकतान्त्रिक व्यवस्थासहितको सविधान २०७२ साल असोज ३ गते जारी भएको थियो । तत्कालिन राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट बनाइएको ऐतिहासिक संविधान जारी गर्ने विशेष समारोहमा संविधानलाई ढोगेर सार्वजनिक गरेका थिए । सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई सविधान दिवस मनाउँने गरिए अनुसार आज पाँचौ वर्ष संविधान दिवस देशव्यापी रुपमा भव्य रुपमा मनाउन लागिएको छ । आजको दिनलाई नेपालको राष्ट्रिय दिवसका रुपमा पनि लिइएको छ । संघीय राजधानी काठमाडौ,प्रदेश राजधानीहरु,जिल्ला समन्वय समितिहरु,नगरपालिका ,पालिकाहरुकाहरुले आआफ्ना कार्यालयमा तथा सर्वसाधारण जनताले पनि घर–घरमा दिपावली गरेर संविधान दिवस मनाउने छन् । राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीबाट सुभकामना सन्देश जारी भएका छन् । प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन कार्यक्रम रहेको बताइएको छ । संविधान दिवसका अवसरमा सैनिक मच्च विशेष कार्यक्रमको आयोजना गरी मनाइन लागिएको हो ।
नेपालको संविधान २०७२ मा ३५ भाग,३०८ धारा, र ९ अनूसूचि रहेको छन् । यो सविधान नेपालमा विभिन्न समयमा जारी भएका विधानमध्य सातौं हो र जनताका प्रतिनिधिद्धारा जारी भएको भने यो पहिलो संविधान हो । गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशीता र सामाजिक न्याय यो सविधानका मूलभूत विशेषता रहेको छ । संविधानले नेपालको स्वतन्त्रता स्वायत्तता सार्वभौमिकता,भौगोलिक अखण्डता, राष्ट्रिय एकता,स्वाधिनतालगायतका अधिकारलाई सुनिश्चित गरेको छ । सविधान जारी भएपछि त्यस अन्तर्गत रहेर विभिन्न ऐन कानूनहरु बनाइएका छन् । तर सविधानको मर्म र भावना अनूरुप निर्मित ऐन कानूनहरु व्यवहारमा कार्यान्वयनमा आउन भने सकिरहेका छैन । सविधान जारी भएरपछि तत्काल कार्याव्यनमा आएको भएपनि पूर्ण रुपमा कार्यान्वयनमा नआउँदा जनतामा नैराश्यता र गुनासाहरु व्यापक रुपमा आइरहेका छन् यसतर्फ सरोकारवाहरु जिम्मेवार जावाफदेही भएर सविधानमा भएका व्यवस्था र अधिकारहरुलाई कार्यान्यवयमा ल्याउन जरुरी छ । लोकतन्त्रको मर्म र संविधानको भावनालाई आत्मसाथ गरेमा मात्र मुलुकको समृद्धि र सर्वाङ्गिण विकास सम्भव हुने भएकाले यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।
संविधान दिवस २०७७ का अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौं ।
संंविधान दिवस भव्य रुपमा मनाइँदै
