काठमाडौ । कोेरोना माहामारीका कारण विदेशमा रोजगारी गुमाएर वा अन्य कारणले अलपत्र नेपाली कामदार उद्धार गरी नेपाल ल्याउने सरकारी अभियान अन्तर्गत आईतबार १२ सय नेपाली स्वदेश ल्याउन लागिएको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएकोे छ । प्राधिकरणका अनुसार आज बिहान हिमालय एयरलाइन्स मार्फत आबुधावीबाट १५४ जना र नेपाल एयरलाईन्स मार्फत मलेसियाबाट २५२ जना नेपाली कामदार स्वदेश आएका छन् भने त्यससंगै १४ वटा शव पनि ल्याइएको छ ।
त्यसैगरी नेपाल एयरलाइन्समार्फत कतारबाट १५३ जना ल्याएको छ भने त्यसमा ४ वटा शव पनि ल्याइएको बताइएको छ भने दिउँसो मलेसियाबाट मालिन्दो एयरबाट १७२ जना र कतार एयर मार्फत दुबईबाट ४ सय जना र अमेरिका,कतारलगायत देशबाट १४० जना नेपाली नेपाल आउन लागेको जानकारी प्राधिकरणले दिएको छ । कोरोना माहामारीपछि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको रोजगारी गुमेर फर्कनुका साथै विधार्थी भ्रमणमा गएका समेत परेका बताइएको छ ।