गर्भवती महिलाका लागि आफ्नो भोजनमा प्रोटिन, आइरन तथा क्याल्सियम तत्व पर्याप्त हुनु आवश्यक छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ ।
गर्भावस्थामा पालुंगोको साग, बदाम, कुखुराको मासु, भिन्डी, ब्रोकाउली, सुन्तला अण्डा, माछा मासु र दही निकै लाभदायक मानिन्छ, जसमा पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको शरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थरुपमा हुर्किन्छ । त्यस्तै बदाममा प्रोटिन, भिटामिन ई तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ र कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा हुने भएकोले गर्भवतीको लागि लाभदायक मानिन्छ ।
त्यसैगरी भिन्डीमा फोलिक एसिड पाइने भएकोले सुत्केरीका बेला हुने पीडालाई कम गर्नका लागि र मधुमेहको जोखिम पनि कम गर्ने भएकोले हुन्छ, भने सुन्तलामा प्रशस्त भिटामिन सी तथा फोलिक एसिडसमेत पाउनुका साथै ब्रोेकाउलीमा पर्याप्त मात्रामा आइरन, अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम, माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी एसिड तथा भिटामिन डी पाइने र दहीमा पनि प्रशस्त प्रोटिन पाइने भएकोले गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।