काठमाडौ । कोरोना माहामारी र निरन्तर लकडाउनका कारण आव ०७७।०७८ रोजगार सेवा केन्द्रमा वेरोजगारी दर्ताको कार्य प्रभावित भएपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा वेरोजगार युवाहरुको तथ्याङ्क संकलन गर्नका लागि नयाँ म्याद तय गरेको छ । कोरोना माहामारी कारण गत चैत १ गतेदेखि गर्ने भनिएको वेरोजगार संकलनको कार्य प्रभावित भएको भन्दै मन्त्रालयले एक सूचना जारी गरी वेरोजगार तथ्याङ्क संकलनको लागि साउन ८ देखि भाद्र ७ सम्म एक महिना गाउँपालिक तथा तिनका वडाहरुमा वेरोजगारी दर्ता गर्न सकिने गरी नयाँ मिति तय गरिएको जानकारी मन्त्रालयले दिएको छ ।