डेनमार्ककी सिग्रिड उन्डसेट साहित्यको क्षेत्रमा जीवन समर्पित गरेकी व्यक्ति हुन् । उनको जन्म २० मे १८८२ मा पिता इंगमाल्ड मार्टिन उन्डसेट र आमा चार लोट्टे उन्डसेटको गर्भबाट भएको हो । उनका बाबु एक प्रख्यात पुरातत्व शास्त्री थिए, उनकै प्रेरणाले सिग्रिडले सानैदेखि लेखन कार्यलाई गति दिईन,इतिहासको अध्ययन गर्न थालिन त्यसमा पनि उनको रुची संस्कृति र साहित्यप्रति बढ्यो र साहित्य संगितको गहिरो अध्ययन सुरु गरिन ।
उनी जन्मेको २ वर्षमै उनको परिवार डेनमार्कबाट आस्लेमा बसाई सर्यो । उनले त्यहिबाट साहित्यिक यात्रा आरम्भ गरिन र छोटो समयमै एउटा सफल साहित्यकारका रूपमा स्थापित हुन पुगिन । सन १८९३ मा उनका बाबुको मृत्यु भयो, परिवारको भरणपोषण र रथ हाँक्ने बाबुको निधनले उनको परिवारमा आर्थिक संकट उत्पन्न भयो । कमाउनै पर्ने वाध्यताका कारण उनी एउटा कार्यालयमा सहायक स्तरमा काम गर्न थालिन र परिवारको कमजोर आर्थिक अवस्थालाई धान्ने काम गरिन । यससंगै सन् १९०७ मा उनको पहिलो कृतिका रूपमा उपन्यास प्रकाशित भयो ।
त्यसको दुईवर्षपछि दोश्रो कृति गुनार्स डटर प्रकाशित भयो यो पहिलो ऐतिहासिक उपन्यास थियो । राम्रो लेखकको हैसियत प्राप्त गर्दै उनले सरकारी वृति प्राप्त गर्न थालिन र उनले आफ्नो जीवन लेखनमैं समर्पित गर्न थालिन ।
उनको विवाह नर्वेका चित्रकार एन्डर्स कास्टुन स्वस्टाडसंग भयो, विहेपछि उनीहरू लण्डनमा बस्न गए र पछि ईटलीको रोममा सरे । उनीहरूका तर्फबाट एक छोरा र एक छोरी जन्मे । साहित्यको श्रीवृद्धिका लागि अनवरत रूपमा लाग्दालाग्दै १० जुन १९४३ मा उनको मृत्यु भयो । एउटी सफल महिलाको गाथाबाट समाजले प्रेरणा प्राप्त गर्न सक्दछ ।
सिग्रिड उन्डसेट
