काठमाडौं । धान दिवसको बिशेष अवसर पारेर आरम्भले आयोजना गरेको ‘कबितामा रोपाइ’ कार्यक्रममा कविहरूले गीत, गजल, मुक्तक र कबिता प्रस्तुत गर्दै शब्दमा रोपाइ गरे । कसैले असारे भाकाका लोकभाका घन्काए त कसैले प्रेममा भाका घन्काए । कसैले चुनावदेखि राजनीतिसम्मका विकृतिलाई निसाना बनाउँदै आफ्नो भावनाहरू प्रस्तुत गरेका थिए ।
प्रेम ओली ढकलपुरेको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा चट्याङ मास्टर, पूर्वराजदुत प्रह्लास प्रसाइ, मनिराज सिंह र रामप्रसाद पन्त बिशेष अतिथि थिए भने  भर्खरै सम्पन्न राष्ट्रिय कबिता महोत्सवमा प्रथम, द्वितीय, तीतय हुने कविहरू क्रमशः चन्द्र राणा, सुबास राई, दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला आदीलाई सम्मान पनि गरिएको थियो ।
कविहरू चट्याङ मास्टर, प्रेम ओली ढकलपुरे, इन्दु अङ्शु, मनिराज सिंह, रुद्र अधिकारी, लक्ष्मी प्रसाइ, द्वारिका कुइँकेल, उर्मिला पन्त, मोहनमणि पोखरेल, मुकुन्द न्यौपाने, गोपाल नेपाल, केरा अर्याल, सुशीला खड्का ‘हसिना’, डा. बालचन्द्र मीश्र, प्रदिप मैनाली, लिलाधर पाण्डे, असिम सागर, तारा केसी, निर्मल पराजुली र रश्मी रिमाललगायत तीन दर्जन कविहरूले आफ्ना सृजना सुनाएका थिए भने रघुनाथ अधिकारीले स्वागत मन्तब्य दिएका थिए ।

comments