व्यवसायी समूहद्वारा क्षेत्रीय भेला र घरदैलो कार्यक्रम

काठमाडौं । घरदैलो कार्यक्रम तथा क्षेत्रीय भेलाहरु गर्दै आएका व्यवसायीको समूहहरुले मंगलबार पनि छुट्टाछुट्टै भेला गरी मतदाता व्यवसायीहरुसँग भेटघाट गरेका छन् । विमल ढकाल संयुक्त व्यवसायी समूहले अनुपम फुडल्याण्ड गौशालामा नेपाली कांग्रेस केन्द्रीयत सदस्य नेता गगन थापाको आतिथ्यतामा छलफल तथा उम्मेदवारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमसँग आवद्ध रहेका व्यवसायी र उम्मेदवारबीच साक्षातकार गर्न आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे तथा गगन थापाले बिमल ढकाल प्यानललाई आसन्न निर्वाचनमा विजय प्राप्त गर्न शुभकामना दिएका थिए । कार्यक्रममा ढकाल नेतृत्वको प्यानलका सदस्य तथा पदाधिकारीका प्रत्यासीहरुले आफ्नो प्रतिवद्धता जाहेर गर्दै अत्याधिक मतले विजय गराउन व्यवसायीहरुलाई
आग्रह गरेका थिए । उक्त कार्यक्रममा गौशाला, सिनामंगल, तीनकुने, बानेश्वरलगायत क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिमल ढकाल समूहले मंगलबारै सिनामंगल क्षेत्रका व्यवसायीहरुमा घरदैलो कार्यक्रम गरेको थियो । घरदैलो कार्यक्रममार्फत प्यानलका विपक्षमा फैलाइएका अनावश्यक  भ्रम चिर्ने र व्यवसायीका समस्या अवगत गराउने काम भएको ढकाल समूहका संयोजक विष्णु गैरेले जानकारी दिएका छन् ।
त्यसैगरी रोहन गुरुङ नेतृत्वको संयुक्त व्यवसायी प्यानलले सोमबार ललितपुरमा क्षेत्रीय भेला गर्दै त्यस क्षेत्रका व्यवसायीहरुमाझ छलफल तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको थियो भने उक्त समूहले आगामी कार्यक्रमसमेत तय गरिसकेको छ ।
काठमाडौं पश्चिम क्षेत्रका महाराजगञ्ज, बसुन्धारा, सामाखुशी, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरुलाई केन्द्रित गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले मेघा पार्टी प्यालेस सामाखुशीमा भेला सम्पन्न गरेको छ । दुबै प्यानलका उम्मेदवारहरुको परिचय तथा प्रतिबद्धता प्रस्तुत गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा त्यस क्षेत्रका व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अनुपम फुडल्याण्ड र मेघा पार्टी प्यालेसको आधा घन्टाको फरकमा कार्यक्रम राखेकोले व्यवसायीहरुलाई कार्यक्रममा उपस्थिति हुन हम्मे–हम्मे परेको थियो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनको मिति नजिकिरहेको अवस्थामा  निर्वाचनका लागि खडा भएका समूहले मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । क्षेत्रीय भेला तथा घरदैलो कार्यक्रम मार्फत मतदाता व्यवसायीहरूलाई भटेर मत माग्ने कामलाई तीव्रता दिएका छन् ।
निर्वाचनका लागि लोकतान्त्रिक पक्षधर व्यवसायीहरूको ‘विमल ढकाल संयुक्त व्यवसायी समुहले आइतबार राजधानीको सामाखुशीमा क्षेत्रीय सभामा आयोजना ग¥यो । काँग्रेस केन्द्रीय सदस्य एवं  पूर्व–परराष्टमन्त्री महतको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा महाराजगञ्ज, बाँसबारी, बसुन्धरा, सामाखुसी र गोंगबु क्षेत्रका व्यवसायीहरूलाई मध्यनजर गरेर गरिएको भेलामा व्यवसायीहरूको उत्साजनक उपस्थिति रहेको उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि महतले प्रतिस्पर्धाका आधारमा काम गर्न व्यवसायीलाई सुझाव दिए ।
वैदेशिक रोजगारीमा सरकारी स्तरमा काम गर्नुपर्ने आफ्नो धारणा रहेको भन्दै पारदर्शिताका आधारमा श्रम सझौता गर्नुपर्ने जनाए । श्रम सम्झौताका आधारमा खुला गर्नुपर्ने धारणा राखे । कामदार जान रोक्नु शोषण गर्ने प्रपञ्च हो भन्दै महतले अप्राकृतिक रूपमा रोक्ने र खोल्ने कुराले शोषण बढाउने भएकाले त्यसका विरुद्धमा उभिनुपर्ने बताए ।
क्षेत्रीय भेलामा बोल्दै अध्यक्ष पदका उम्मेदवार विमल ढकालले केही नीतिगत कुरा पाइपलाइनमा रहेकाले त्यसलाई पूरा गर्न  नेपाली कांग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम कार्यसमितिकोे सर्वसम्मति निर्णयले अध्यक्षको उम्मेदवार बनाएपछि विना स्वार्थ अध्यक्षको प्रत्यासी बनेर व्यवसायीहरूका माझमा आएको बताए ।
अध्यक्षका प्रत्यासी ढकालले वैदेशिक रोजगार व्यवसाय अत्यन्त प्रतिकूल अवस्थामा रहेको कठिन परिस्थितिमा आफूले सम्हालेको, सरकारको रबैया सकारात्मक नरहेको, मन्त्रीहरू व्यक्तिगत स्वार्थमा लागेको, श्रम समितले व्यक्तिगत स्वार्थले गर्दा नीतिगत काम गर्न बाँकी रहेकाले अध्यक्षमा दोह¥याएको बताए । मलेसियाको रोजगारीमा सिण्डिकेट हटाउन गरेको अथक प्रयास र मेहनत तत्कालीन परराष्ट्रमन्त्री डा. महतलाई जानकारी रहेको भन्दै छिटो–छिटो सरकार परिवर्तन भएकाले मात्र परराष्ट्रमन्त्रीबाट ठोस निर्णय हुन नसकेको उल्लेख गरका थिए ।
द्वितीय उपाध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्टका सञ्चालक भुवन सिं गुरुङले विगतमा आफू केही षडयन्त्रकारीको शिकार भएको भन्दै सिण्डिकेट हटाउन आफूलाई जिताउनुपर्ने धारणा राखे । संघका तृतीय उपाध्यक्षले विभाग हेर्ने जिममेवारी भन्दा महानिर्देशकको आार्थिक सल्लाहकार भएर निस्किएको आरोप लगाए । फ्रि भिसा फ्रि टिकटलाई संशोधन गर्न ढकाल प्यानललाई जिताउनुपर्ने धारणा गुरुङले राखेका थिए ।
त्यसैगरी तृतीय उपाध्यक्षका उम्मेदवार शान नेपालका सञ्चालक नवलकिशोर यादवले विभिन्न कारणले व्यवसाय रक्षात्मक अवस्था पुगेको भन्दै व्यवसाय बचाउन नीतिगत सुधारको आवश्यकता ओल्याए । सभामा महासचिवका उम्मेदवार एलायन्स ह्युमनका सञ्चालक सुजित श्रेष्ठले संघमा महासचिवको भूमिका महत्वपूर्ण हुने भन्दै आफू सेवकका रूपमा आएको बताउँदै व्यवसायमा देखिएका आत्मघाती सिण्डिकेटको खारेजी गर्ने बताए ।
श्रेष्ठले संघको व्यवस्थापकीय सुदृढताका आधारमा कार्यालय सञ्चालन, आन्तरिक विभाग निर्माण गरी कार्य विभाजन, ऐन संशोधन, जीएसजी, बायोमेट्रिक, माईग्राम जस्ता व्यवसाय विरोधी सिण्डिकेट खारेजी गरी समस्या समाधान गर्ने धारणा राखे । उनले भने– विना कारण कामदार माथि थोपरिएको सिण्डकेट नहटाएसम्म  सघर्ष गर्नुपर्छ भनेर आएका छौं ।
सचिवका उम्मेदवार एमबीके ओभरसिजका सञ्चालक विनोदजंग केसीले, कोषाध्यक्ष उम्मेदवार नेबिल ओभरसिजकी सञ्चालिका राधिका कटुवाल, कार्यसमिति सदस्यका उम्मेदवार पर्फेक्ट रिक्रुटमेन्टका सञ्चालक भोजराज भुसाल, अलजाफर इन्टरनेशनलका सञ्चालक मोहम्मद जबरुद्दिन मियाँ (मुन्ना), अलनासिर ओभरसिजका सञ्चालक दिनेश राय, निलकमल ह्युमन रिसोर्सका सञ्चालक मेघनाथ भुर्तेल, सागर रिक्रुटमेन्टका सञ्चालक जीपी शर्मा, फ्रन्टलाइन रिक्रुटमेन्टका सञ्चालक सुरज केसी, जिआर इन्टरनेशनलका सञ्चालक कृष्णबहादुर जैसी, एमएन इन्टरनेशनलका सञ्चालक कुमारबाबु श्रेष्ठ लगायतले आफ्ना प्रतिवद्धता प्रस्तुत गर्दै आफूहरूलाई अमूल्य मत दिएर जिताएर पठाए व्यवसाय र व्यवसायीको हितमा काम गर्ने बताएका थिए ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उपाध्यक्ष तथा कार्यक्रमका सभापति नरेन्द्र ढकालले विमल ढकाल प्यानललाई जिताए मात्र व्यवसायीको हित हुनसक्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांगे्रसका नेता सुशीलमान शेरचन, फोरम अध्यक्ष एवं निर्वाचन परिचालन मुल व्यवस्थापन समितिका संयोजक एवं फोरम अध्यक्ष विष्णु गैरे, संघका पूर्व अध्यक्ष हंशराज वाग्लेले ढकाल प्यानललाई जितको शुभकामना दिएका थिए । सामाखुशी निर्वाचन प्रचार–प्रसार समितिका संयोजक तारानाथ अर्यालले सञ्चालन गरेको सो कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालय केन्द्रीय श्रम विशेषज्ञ समिति सदस्य नेत्रप्रसाद घिमिरे, व्यवसायी दानबहादुर बुढाथोकी, सक्रिय व्यवसायी टिका शिवाकोटी, प्रेमनारायण थापा र राजन केसी लगायतको व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

comments