काठमाडौं । आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा भारतसँग हार व्यहोर्दै आएको पाकिस्तान त्यो परम्परा तोड्दै पहिलो पटक भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि जित्न सफल भएको छ । गत आईतबार इङल्याण्डको ओभलमा भएको खेलमा पाकिस्तानले फाइनलमा दुई पटक च्याम्पियन भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पहिलो पटक उपाधी जितेको हो । समुह चरणको खेलमा पहिलो खेल भारतसँग नमिठो पराजय भोगेको पाकिस्तानले फाईनल गतिलो बदला लिएको छ । ब्याटिङमा आलोचना खेप्दै आएको पाकिस्तनाले भारतविरुद्ध उत्कुष्ट व्याटिङ गर्दै आलोचकलाई गतिलो जबाफ दिएको छ । पहिलो विकेटको लागि १२८ रनको गतिलो सुरुवात गरेको पकिस्तानले पहिलो विकेटको रूपमा अलि ५९ रन बनाएर आउट भए । आफनो चौथो एक दिवसीय मै २७ वर्षिया फखार जमान शतकीय पारि खेलेका उनलाई बाबर अजमको गतिलो साथ पाए ।  हार्दिक पाण्डेयले जमान ११४ रनमा बनाएर आउट पारेका थिए भने बाबर आजम ४६ बनाएर पेभलियन फर्किय । हाफिज र वासिमसँगको गतिलो साझेदारीले पाकिस्तान ३३८ रनको ठुलो योगफल तयार पा¥यो ।
प्रतियोगितममा उत्कुष्ट प्रर्दशन गरेका अमिर र हसन अलिले भारतको सुरुवाती टप अर्डरका पाँच खेलाडी पहिलो दश ओभरमै आउट बनाएर ३३९ को लक्ष्य पछ्याएको भारतलाई धरासयमा पारेको थियो । हार्दिक पाण्डेयले आक्रमक ब्याटिङ गरे पछि भारतलाई केहि आशा दिलाका थिए तर रविन्द्र जडेजाको गल्तीले उनी रनआउट हुन पुगे । पाण्डेयले ४३ बलमा ७६ रन बनाएका थिए । उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो त्यसपछि लगातार थप चार रन जोड्दा भारत अलआउट भएको थियो । ठूलो अन्तरले पाकिस्तानले धक्क िदिएपछि भारत पक्षधरहरूको रुवावासी नै चल्यो, कतिपयले आफुले हेरिरहेको टेलिभिजन फुटाए, पाकिस्तानी खेलाडीहरूलाई गाली गर्दै डाँको छोडेर रोएको पनि  देखियो ।

comments