सहि र उचित प्रतिबद्धता हेरि मतदान गरे छालिङ्ले विकासमा युग परिवर्तनको अनुभुती गर्न सक्दछ

छालिङ अर्थात् साबिक चागुनारायण नगरपालिका १, २, ३ र ४ हाल चागुनारायण नगरपालिका ५ जुन ठाउ“ राजधानी काठमाडौबाट करिब १५–१७ किलोमीटरको दुरीमा मात्रै रहेको भक्तपुर जिल्लाको मुटु भक्तपुर नगरपालिकादेखि तीन किलोमिटरको दुरीमा पर्छ । झन्डै आधाभन्दा बढी भू–भाग पहाडी भू–भाग डा“डाका“डा रहेको उक्त क्षेत्र बत्तिमुनिको अ“ध्यारो भनेझैं विकासका हिसाबले अतिनै कमजोर हुनु र मानिसको चेतनास्तर बारे जान्न हामीले त्यहा“ सामाजिक सेवा र विकास कार्यमा परिवर्तन ल्याउन सकिन्छ भनी कृयासिल युवा समाजसेवी तथा युवा नेताका रूपमा उदाउ“दै आएका नेकपा एमालेका क्षेत्रीय सचिवालय सदस्य तथा चागुनारायण नगरपालिका युवा फा“ट प्रमुख रामहरि थापास“ग छोटो कुराकानी गरेका छौ“, प्रस्तुत छ  थापास“ग गरिएको कुराकानीको सम्पादित अंश–

धार्मिक पर्यटनको केन्द्र भागमा रहेको भक्तपुरको छालिङ विकासका दृष्टिले पछाडि पर्नुको कारण के हो ?
यो क्षेत्रको विकासका निम्ति सरकारी बजेट अभाव कहिल्यै भएको मैले देख्दिनँ । धेरै अघिको कुरा नगरौ छालिङका अधिकांस सडक ५१ सालमा मनमोहन अधिकारी सरकार प्रमुख हुँदा ल्याएको आफ्नो गाउँ आफै बनाउँ भन्ने योजना अन्तर्गत बनेका हुन् । बिजुली लगभग २०४०–४१ तिर बिस्तारै बिस्तारित भएको हुनुपर्छ । तर बिडम्बना त्यतिबेला बनेको अधिकांश बाटो बिस्तार र विकास हुनुको साटो साँघुरिदै गएको छ । बजेट विभिन्न शीर्षकमा बर्सेनी आउँछन् सकिन्छन्, तर दुर्भाग्य त्यो पार्टी सँगठनको विकासको लागि उपयोग गरिन्छन् । ठूला र प्रमुख सडकले प्राथमिकता पाउँदैनन् गाउँ–बस्ती, टोल सहायक सडकले पाउँछन् र सोझा जनता त्यसैमा रमाउँछन् । राज्यको ढुकुटीबाट आएको रकम कुनै पार्टीको अनुदान सरह स्वीकार गरि रमाउँदै पार्टीको झन्डा बोक्न तयार हुन्छन् । पुरै वडामा खानेपानीको अभाव हुँदा काम गर्न सक्ने र प्रभाबशाली भनिएका ब्यक्तिहरू त्यही पानीमा समेत राजनीति गरि आफ्नो कार्यकर्ताको मात्र ब्यबस्थापन गरि सँकुचित राजनीतिको खेल खेलिरहेका हुन्छन् त्यसैले पनि यहाँको विकास जति हुनुपर्ने हो त्यो गतिमा भइरहेको छैन ।
खेतिपातीबाहेक रोजगारीको अवसर र आर्थिक स्तरचाहि“ कस्तो छ नि यहा“का जनताको ?
प्रसङ्ग सहि छ, तर भन्न सारै लाज लाग्छ । केही सरकारी र निजि बिद्यालय छन जहाँ कुनै पार्टीका कार्यकर्ता र पारिवारिक ब्यक्तिबाहेक अटाउँदैनन, एउटा औषधिको कारखाना छ जहाँ पहिले राजनितिक अगुवाहरूले के कसरी उक्त कारखाना राख्न सहमत हुनुभयो अहिले त्यहाँ राखिने कर्मचारी छालिङ छोडी विभिन्न जिल्ला र ठाउँबाट आउँछन र केही राखिने छालिङका मान्छेले विभिन्न नाता–गोता लगाई हजुरबाद्को उपजको रूपमा काम पाउनुभएको छ, जो अधिकांश सक्षम र मध्यम परिवारबाट हुनुहुन्छ । त्यसको अर्थ यो होइन कि उहाँहरूले त्यहाँ काम गर्न नहुने । मेरो अर्थ यहाँको आर्थिक जीवनस्तर उकास्न आफ्नो ठाउँमा भएको उद्योग कलकारखानामा स्थानीय जनताको लागि छुट्टै कोटा हुनुपथ्र्यो । जुन समाजमा रहेका गरिब, बिपन्न, एकल महिलाका सन्तान जस्ताले लाभ लिन सकुन्, यसतर्फ सामाजिक अगुवा तथा नेतासँग परामर्श गर्दा मौन भेटिन्छन् र अब कुरा बढाउने भन्दै टार्छन र हालसम्म अगुवाई गर्नेहरूले आफ्ना भाइ, बुहारी, दिदी, बहिनी र आफन्तलाई रोजगार बनाएको पाइन्छ तर सामाजिक अत्यावश्यकीय वर्गको कुनै स्थान यहाँ भेटिदैन । यस्तो परिस्थितिमा अनेकतामा एकता हुनुपर्नेमा एकतामा अनेकता र जनताको ब्यक्तिगत स्वार्थी प्रवृत्ति आज छालिङ पछि पर्नुको अर्को प्रमुख पाटो बनिरहेको छ ।
यसो हुनुको पछाडि राजनीतिक नेतृत्वको कमजोरी हो वा काम गर्न सक्ने व्यक्तिहरू नहुनु हो त ?
छालिङ उर्बर भुमी हो यहाँ केही नेता पनि हुनुहुन्छ जो मात्रै राजनीति गर्नुहुन्छ । केही सामाजिक संघ संस्थाको प्रमुख, उपप्रमुख, प्राध्यापक, उपप्राध्यापक र धेरै साना ठूला ब्यवसायीको जन्मथलो हो छालिङ । तर दुर्भाग्य यति सम्पन्न हुँदाहुदै बत्तिमुनिको अँध्यारो बन्न पुगेको छ हाम्रो ठाउँ र यतिलाइ नै उपलब्धी मानी झुट्को खेती जनतामाझ गर्दै कुण्ठित स्वार्थपूर्ण राजनीतिक कार्यमा सफल रहेछन केही ब्यक्तिहरू, जसले विशेष कारण र महत्वले राज्यबाट प्राथमिकता सहित बनेका केही संरचनालाई भ्रम छरी जस लिने गरेका रहेछन् । केही बुद्धिजीवीहरू समाजमा स्थापित हुनासाथ तिनै सँकुचित सोच भएका राजनितिज्ञसँग टाँसिएको कटु सत्यले तिनका बौद्धिकताले केही गरिएको परिवर्तनको आसा मर्ने गरेको छ भने अधिक्तम सामाजिक संघसंस्थाका सञ्चालक वा सङ्लग्न व्यक्ति राजनीतिबाट टाढा नहुनु र आफ्नो जिम्मेवारी निभाउँदाको बखत राजनितीलाई थाती राख्न नसक्नु र अगुवा तथा राजनितिज्ञले ब्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसक्नुलाई प्रमुख कारणको रूपमा लिन सकिन्छ र यो नै हो छालिङ्ले धेरै पाएर रित्तै हुनुपरेको कारण ।
त्यसो भए अब कसरी हुन्छ त छालिङको विकास ?
यो हरेक नेपाली समाज अनि राष्ट्रको लागि तेर्सिएको प्रश्न हो आज । अब आजको समयमा हरेक नागरिकले आ–आफ्नो ठाउको विकास र परिवर्तनको लागि चिन्तनसिल भइ त्यसको लागि ब्यक्तिगत तथा सामुहिक प्रतिबद्ध हुन सक्नुपर्छ र हरेक कुरा अरुले गरिदिन्छ भनी मुख ताकेर बस्नु हुँदैन । त्यस्तै नेपाली संविधान २०७२ घोषणा भएपछि जनताले अब आफ्नो अनगिन्ती हक अधिकार सुनिश्चित गर्ने सुवर्ण अवसर आज हाम्रो घर आँगनमा आइसकेको छ । त्यसैले हिँजोको २०५४ सालको स्थानीय चुनावको समयमा जन्मिएको ब्यक्ति आजको मतदाता भइसकेको अबस्थामा सम्पुर्ण छालिङबासीले हिँजोको समयमा झै बुर्जुवा पाराले कुनै पार्टीको समर्थकको उक्साहट र लोभलालसामा नपरी बिना पूर्वाग्रह छालिङको हित र आमूल परिवर्तनको लागि आफ्नो वडा नगरमा उठ्ने कार्यकारिणी वडा अध्यक्ष र मेयरको कुसलता, योग्यता र उनीहरूको सामाजिक योगदान, बिगतका क्रियाकलाप र उनीहरूको सहि अनि उचित प्रतिबद्धता हेरि मतदान गरे अबको पाँच वर्षमा छालिङ्ले विकासमा युग परिबर्तनको अनुभुती गर्न सक्दछ । प्रस्तुती ः विवेक आचार्य

comments