फिलिपिन्सविरुद्धको खेलका लागि नेपालको तयारी तीव्र

काठमाडौ । अबको एक साता पछि एसियाकप छनौट खेलमा नेपालले फिलिपिन्ससँग उसैको घरेलु मैदानमा समाना गर्दै छ । फिलिपिन्स अहिले एसियाली फुटबलमा उदयमान राष्टको छबि बनाइसकेको छ, जसले उत्तर कोरिया, बहराइन, जोर्डनजस्ता बलिया टिमलाई हराइसकेको छ । फिलिपिन्सको कुरा गर्दा यो ५–६ वर्ष अघि नेपालकै हाराहरीको टिम थियो ।
फलिपिन्सको अधिकाश खेलाडी युरोपमा खेल्छन् । साथै उनीहरू शारीरीक तथा मानिसिक दुवै पक्षमा बलिया छन् । यसको लागि युवा टोलिले भरिएको नेपाली टिमले बहादुरपुर्ण प्रदर्शन गर्न आवश्यकता देखिएको छ । नेपाल र फिलिपिन्सको खेलको इतिहास हेर्दा फिलिपिन्सनै हावी भएको देखिन्छ । अहिले सम्म नेपालले ५ वटा खेल खेलेको छ जसमा पछिल्ला लगातार तीन खेलमा फिलिपिन्सले जितेको छ भने नेपालले सन् १९९९ मा भएको खेलमा एक जित र बराबरी खेल खेलेको छ ।
अहिले फिलिपिन्स फिफा वरियतामा नेपाल भन्दा ४६ स्थान माथि छ । यस छनौट खेलमा फिलिपिन्स समुहकै माथिल्लो बरियता तथा बलियो टोली हो साथै यमन तथा ताजिकिस्तान पनि नेपाल भन्दा माथिल्लो बरियताको टोली हो । जसका कारण नेपालले अब हुने फिलिपिन्सविरुद्धको खेलमा चलाखिपुर्ण खेल प्रस्तुत गर्न जरुरी छ ।
अहिले नेपाल तीव्र रूपमा तयारी थालेको छ । फिलिपिन्स विरुद्धको खेलका लागि खेलाडी पनि छनोट गरिसकेको छ । जसमा नेपालका स्टार स्ट्राइकर तथा कप्तान अनिल गुरुङ जापानी प्रशिक्षक कोजीको आँखा पर्न सकेनन् भने कर्ण लिम्बुले राष्ट्रिय टोलीमा पर्न सफल भए । नेपालले तयारी सोरूप कुनै अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको छैन साथै नेपालका लागी पछिल्ला तीन प्रतियोगिताको उपाधी जित्नको लागि महत्वपुर्ण भुमिका खेलेका स्टाइकर नवयुग श्रेष्ठ चोटका कारण फिलिपिन्सविरुद्धको खेल खेल्ने छैनन् । उता फिलिपिन्सले नेपालविरुद्धको खेलअघि तयारी स्वरूप मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने छ ।
नेपालले पछिल्लो लगातार खेलेका तीन प्रतियोगितामा उपाधी जितेको छ भने पछिल्ला आठ खेलमा नेपाल अपराजित छ । त्यसैले नेपालले यहि आत्मविश्वास लिएर बढे फिलिपिन्सविरुद्ध नेपालले राम्रो नतिजा निकाल्नेमा विश्वास गर्न सकिन्छ । अहिले नेपाली टिममा गोलकिपर किरण चेम्जोङ उत्कुष्ट फ्रममा छन् भने विमल घर्ती र अन्जन विष्ट युरोपमा खेलिरहेका छन् जुन अनुभव उनीहरूले प्रयोग गर्न सक्छन् । साथै अन्जन विष्ट, कर्ण लिम्बु, रोहित चन्द जो दुई वर्ष पछि टोलीमा पर्न सफल भएका छन्, विशाल राई, विराज महर्जन जो घरेलु प्रतियोगितामा उत्कुष्ट प्रर्दशन गर्दै आएका छन् ।
युवा खेलाडीले भरिएको नेपाल राष्ट्रिय टिम अहिले जुन फ्रेममा खेलिरहेका छ त्यसैलाई कायम राख्न जरुरी देखिन्छ भने यो नेपालले ठूलो अवसरलाई उपयोग गर्न पनि सक्नुपर्दछ ।

comments