रेमिट्यान्स बृद्धिदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको तथ्याङ्क हनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा २ खर्ब ३२ अर्व १४ करोड विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा ७ दशमलव ८ प्रतिशतले बृद्धि हो । अघिल्लो वर्ष १२९ दशमलव ४ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा आएको गिरावटले रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर परेको छ । आर्थिक वर्ष २०७३÷०७४ को पहिलो चार महिनामा गत वर्षको सोही अवधीको तुलनामा ७ दशमलव ८ प्रतिशतले घट्न गएको छ । यसकै कारण रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर परेको हो ।
तथ्याङ्कअनुसार समीक्षा अवधीमा मूल्य बृद्धिदर ४ दशमलव ८ प्रतिशत कायम रहेको छ । यो बृद्धि दर १४ वर्षयताकै कम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । १४ वर्षअघि अर्थात् सन् २००२ मा मूल्य बृद्धिदर २ दशमलव ९ प्रतिशत थियो । खाद्यान्न, तेलको भाउ उल्लेख्य रूपमा घटेको छ । खाद्यान्नमा २ दशमलव ६ प्रतिशतले घटेको छ । गत वर्ष काठमाडौंको मूल्य बृद्धि ११ दशमलव ८ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षको चार महिनामा व्यापार घाटा ९७ दशमलव १९ प्रतिशतले बढेर २ खर्ब ७७ अर्व १३ करोड पुगेको छ । अघिले वर्षको सोही अवधीमा ३७ दशमलव ८ प्रतिशतले घटेको थियो । निर्यात भन्दा आयातमा उच्च बृद्धि भएपछि व्यापार घाटा चुलिदै गएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी भारततर्फ २३ दशमलव १२ प्रतिशत, चीनतर्फ ३६ दशमलव ६ र अन्य मुलुकतर्फ ९ प्रतिशतले निर्यात भएको छ भने आयातमा ८७ दशमलव ४ प्रतिशतले बढेर ३ खर्ब ७१ अर्व ६६ करोठ पुगेको छ । समीक्षा अवधीमा शोधान्तर बचत २१ ऋर्व ९८ करोड रहेको छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरताका साथै निर्यातमा आएको ह्रासका कारण आर्थिक बृद्धिदर हासिल गर्न सकिएको छैन ।

comments